एजेन्सी– चर्चित बलिउड नायिका दीपिका पादुकोण स्टारर ‘छपाक’ ले रिलिजको दोश्रो दिन बक्सअफिसमा व्यापार उकासेको छ।रिलिजको दोश्रो दिन शनिबार सिनेमाको व्यापार ३५ प्रतिशतले बढेको छ। दुई दिनमा सिनेमाले १०.७७ करोड भारु कमाइ गरेको छ।
यसैगरी एकैदिन रिलिज भएको अजय देवगनको ‘तानाजीः द अन्सङ्ग वारियर’ ले ३५.१० करोड भारु कमाइ गरेको छ। रिलिजको पहिलो दिन दुबै सिनेमाले क्रमशः ६ र २० करोड भारु कमाएका थिए।
दुबै सिनेमाले बिदाको दिन आइतबार अझ व्यापार बढाउने आशा राखिएको छ। यसरी दुई दिनको व्यापारलाई हेर्दा ‘छपाक’ ले ‘तानाजीलाई उछिन्न भने नसक्ने देखिन्छ।