भद्रपुर– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) झापाको अध्यक्षमा खिबराज भट्टराई चयन भएका छन्। विर्तामोडमा शनिबार सम्पन्न अधिवेशनले एनप्याब्सनको आगामी तीनवर्षे कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा अनिता थापा, सचिवमा ओमविक्रम नेम्वाङ, कोषध्यक्षमा मोहन आचार्यलाई चयन गरेको छ।
संस्थाका सदस्यहरुमा प्रेम शेर्मा, जीवन कट्टेल, दीप श्रेष्ठ, किरण अधिकारी, जीवन भट्टराई, गोमा न्यौपाने, गुणराज गिरी, मनकुमारी पन्द्याक, हजेन्द्रबहादुर बस्नेत र श्रीप्रसाद ढुङ्गेल रहेकोे छ।एनप्याब्सन झापाको पालिकास्तरीय अधिवेशनले जिल्लाका विभिन्न पालिकामा क्षेत्रीय कमिटी भने यसअघि नै गठन गरिसकेको एनप्याब्सनका पूर्वअध्यक्ष सञ्जीव राईले बताएका छन्।