काठमाडौं– ‘द भ्वाइस अफ नेपाल’ को दोश्रो संस्करणकी सहभागी गायिका श्रृङ्खला जोशीले नयाँ गीत रिलिज गरेकी छन्।
शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच उनले ‘तिम्रो आवाज’ बोलको गीत सार्वजनिक गरेकी हुन्। उक्ते गीतमा उदय सोताङको संगीत र बिष्णु बाबु देबकोटको शब्द रहेको छ।
शुभराज आचार्यले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा कलाकार भुवन चन्द र आजस्रा ढुङ्गानको अभिनय रहेको छ। श्रृङ्खलाकै अफिसियल यूटूब च्यानलबाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=D8qs8tNjaq4&feature=youtu.be