काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सभामुखको उमेदवारका विषयमा कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित भएको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइइको बैठक सुचना टाँस गरी आउँदो माघ ६ गतेसम्मका लागि स्थगित गरिएको हो।
सहमतिको प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेता सँगै उपसभामुख शिवमाया तुम्बाहाङ्फे बिच छलफलमा सहमति नभएपछि बैठका रोकिएको हो। सुचना टाँस गरेर प्रतिनीधिसभा बैठक स्थागित गरिएको यो तेस्रो पटक हो।
शनिबार बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिन र सभामुख निर्वाचनको बाटो खोल्न भनेको थियो। तर, तुम्बाहाम्फेले सचिवालयको निर्णयलाई चुनौती दिँदै आफूले उपसभामुखबाट राजीनामा नदिने अडान राखेकी छन्।