एजेन्सी– भारतीय मोबाइल अपरेटर रिलायन्स जियोले आफ्ना ग्राहकहरुका लागि नयाँ सेवा लन्च गर्ने भएको छ। भारतमा एयरटेल पछि जीओले पनि ‘वाइफाई कलिङको’ सुविधा शुभारम्भ गर्न लागेको हो। यो सुविधा सँगै प्रयोगकर्ताले वाइफाईको माध्यमबाट एचडी क्वालिटीमा कल गर्न सक्ने छन्।
अबकाे केही समयमा एयरटेल र जीओले पुरै भारतमा वाइफाई कलिङ विस्तार गर्ने योजना अगाडी सारेका छन्। जियोले सो सर्भिसलाई धेरै महिनादेखी टेस्ट गर्दै आईरहेको थियो। अब भने सो सेवा जनवरी १६ सम्ममा पुरै भारतभर सार्वजनिक हुने कम्पनीले जनाएको छ। यो सर्भिस कुनैपनि वाईफाईमा र भारतको हरेक ठाउँमा काम गर्दछ, त्यस्तै यो सर्भिस १५० भन्दा धेरै स्मार्टफोनमा सपोर्ट गर्ने बताईएको छ।
यो सेवाको माध्यमबाट वाईफाई नेटवर्कको मद्धतले फ्रीमा कलिङ्ग गर्न सकिनेछ। भिडियो कल समेत गर्न सकिने यो सेवाको लागी कुनैपनि वाईफाई नेटवर्कको प्रयोग गर्न सकिने बताएको छ। यस सेवाको लागी जियोको नै वाईफाई नेटवर्क हुनुपर्ने बाध्यता नरहेको कम्पनीको भनाई छ।
वाइफाई कलिङलाई भ्वाइस ओभर वाइफाई पनी भनिन्छ। यसमा सीमको आवश्यकता पर्दैन केवल वाइफाई भए पुग्दछ। यदि तपाईको मोवाइलमा इन्टरनेट छैन भने तपाई कुनैपनि वाईफाई या कसैबाट हटस्पट लिएर फोनमा आरामले कुरा गर्न सक्नुहुनेछ।
यस प्रविधिमा मोबाइलको सिग्नल नभएको अवस्थामा समेत वाई–फाई मार्फत कल गर्न सकिन्छ। स्काईप, फेसटाइम, डुओ जस्ता सेवाभन्दा फरक किसिमले वाई–फाई कलिङका लागि प्रयोगकर्तासँग भएकै फोन नम्बर प्रयोग गर्न सकिन्छ, छुट्टै एप डाउलोड गरिरहनुपर्ने झञ्जट समेत यसमा हुँदैन।
हाल यो सुविधा वाईफाई कलिङ्गलाई सर्पोट गर्ने फोनमा मात्र उपलब्ध छ। त्यस्तै तपाईको टेलिकम अपरेटरले भो–वाईफाई को सुविधा पनि प्रदान गर्नु पर्नेछ। यदि तपाईको मोवाइलमा भिडियो कलिङ्गको अप्सन छ भने यसको फाईदा मज्जाले उठाउन सकिनेछ।
वाइफाई कलिङलाई सुरु गर्नको लागि मोबाइलको सेटिङमा गएर वाइफाई कलिङलाई इनेबल गर्न सकिने छ। यदि वाइफाई नभएको ठाउँमा जानु भयो भने अटोमेटिक कल भीओएलटीईमा परिणत हुनेछ।
यसअघि भारतमा एयरटेलले पहिलो पटक भ्वाइस एण्ड भिडियो ओभर वाईफाई सर्भिस शुरु गरेको थियो। अमेरिकामा भने यस किसिमको सेवा सन् २०१४ देखि नै सञ्चालनमा छ।