काठमाडौं – नेपाली चलचित्रमा हल सञ्चालक तथा वितरकहरुको साझा संस्थाको रुपमा रहेको ‘नेपाल चलचित्र संघ’ ले नयाँ नेतृत्व चयन गरेको छ।
संघको ४६ औं साधारण सभाबाट अध्यक्ष पदमा मधुसुदन प्रधान निर्विरोध चयन भएका छन्। नेतृत्वका लागि विरेन्द्र नारायण श्रेष्ठको नाम पनि चर्चामा थियो। तर, पूर्व ३ अध्यक्षहरुको पहलमा दुबै जनाले आधा–आधा कार्यकाल सम्हाल्ने निर्णय भएपछि मधुसुदन डेढ बर्षका लागि अध्यक्ष पदमा निर्विरोध भएका हुन्।
अब, डेढ बर्षपछि विरेन्द्रले चलचित्र संघको नेतृत्वको सम्हाल्नेछन्।साधारण सभाले १३ जना सदस्य पनि निर्विरोध चयन गरेको छ। संघको पहिलो वैठकले उनीहरुको कार्य विभाजन गर्नेछ। निर्विरोध चयन हुनेमा अशोक शर्मा, गोपालकाजी कायस्थ, भाष्कर ढुंगाना, अर्जुन श्रेष्ठ, गोविन्द शाही, कपिलप्रसाद , विक्रम पराजुली, देवेन्द्र खड्गी, कुवेर शर्मा, निरज कार्की, कैलाश ढकाल, त्रिरत्न मानन्धर, निरज गुप्ता रहेका छन्।
पूर्वाञ्चल सभापतिमा चैतन्य बराल, मध्यसुदुर पश्चिम सभापतिमा डाक्टर सिंह गुरुङ, पश्चिमाञ्चल सहभापतिमा ओम जैसी र उपत्यका सभापतिमा मदनमान बज्रचार्य चयन भएका छन्। यसपटक निर्विरोध पदाधिकारीको चयन गरेकोमा संघले एकदमै गर्वको महसुश गरेको छ।