काठमाडौं – दैनिक जिवन निर्वाह गर्न र आफ्ना सपनाहरूलाई साकार बनाउन पैसाको आवश्यकता पर्छ। आफुसँग भएको बेलामा खर्च गर्दा र समय आउँदा टर्छ भन्रे बानीले आवश्यक परेको बेलामा हामी आर्थिक अभावमा डुब्छौँ। त्यसैले यहाँ पैसा बचत गर्ने बानीको विकासको लागी केही सामान्य उपायहरू उल्लेख छन्।
सबै भन्दा पहिला सामान किनमेल गर्न जानुअगाडी आफुलाई आवश्यक रहेका कुराहरूको लिस्ट बनाउनुहोस्। बजारमा किनमेल गर्दा पहिला आफुलाइ आवश्यक परेका कुराहरू मात्र खरिद गर्नुहोस्। पैसा बच्यो भने मात्र ति बाहेकका कुरा किन्रेबारे सोच्नुहोस्।
सामानको भाउ घटाएर किन्नुभो भने त्यो छुट पाएको पैसा खुत्रुकेमा राख्नुहोस्, दक्षिणा आउने पैसा खुत्रुकेमा जम्मा गर्नुहोस्, एक रूपियाँको सिक्काको महत्व पनि धेरै हुन्छ। सिक्का पैसाहरू खुत्रुकेमा राख्ने गर्नुहोस्। कसैलाइ उपहार दिँदा पुस्तक, कलम उपहार दिनुहोस्।
यसले तपाइको पैसा पनि केही बच्छ भने पठन सँस्कृतिको पनि विकास हुन्छ, बजारको हल्ला पछाडी हिड्नुभन्दा त्यो सामानबारे राम्ररी जानकारी लिएर मात्र खरिद गर्नुहोस्। ‘सेल’ मा राखेका सामान वा सस्तोमा सामान पाइयो भन्दैमा तत्काल आवश्यक नभएको सामान खरिद नगर्नुहोस्, आफ्नो आम्दानी र खर्चको लेखाजोखा गर्ने बानी बसाल्नुहोस्।
तपाई यदि विधार्थी हुनुहुन्छ भने पनि आफ्नो घरको आम्दानीको स्रोत, खर्च, आर्थीक व्यवस्थापन आदिको बारेमा जानकार रहनुहोस्, धुम्रपान र मधपान गर्न छोड्नुहोस्। बाहिरको खाना र जँक फुड छोडेर घरको खाना खाने गर्नुहोस्।