काठमाडौं– पृथ्वीनारायण शाहको मुर्तिमा २५ फिट लामो माला लगाइएकाे छ।आज पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्ती हो। देशभर उनको सम्झाना गरिए पनि राजावादीले उनको सम्झना विशेष बनाउन विभिन्न तरिका अपनाउँदै आएका छन्।
त्यही योजना अनुसार सिंहदरबार अगाडिको उनको शालिकमा २५ फिट लामो माला लगाइएको हो।
कार्यक्रममा राजावादीले नाराबाजी पनि गरेका थिए। सिंहदरबारको कार्यक्रमका कारण सर्वसाधारणको सडकमा लामो समयसम्म जाम समेत भएको थियो।