काठमाडौं – होन्डा कम्पनिकाे सिबी १ सय ९० आर मोटरसाइकल अब नेपालमा पनि उपलब्ध भएकाे छ। होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारीक वितरक स्याकार ट्रेडिङले उक्त मोटरसाइकलकाे बिक्री सुरु गरेको हाे। कम्पनीले सिमित संख्यामा भित्र्याएको यो मोटरसाइकल होण्डाको कान्तिपथ शोरुमबाट बिक्री गरिरहेको छ।
उक्त मोटरसाइकल कम्पीले २०१९ नाडा अटो शोमा प्रर्दशन गरेको थियो। यो मोटरसाइकलको लम्वाई १९८२ एमएम, चौडाई ७ सय ४४ एमएम, उचाई १०४१ एमएम, सिट हाइट ७ सय ७१ एमएम, ह्वीलवेस १३५६ एमएम, ग्राउन्ड क्लियरेन्स १ सय ३८ एमएम रहेको छ। यसको कुल तौल भने १ सय ४० किलोग्राम रहेको कम्पनीले जनाएको छ।
यो मोटरसाइकलमा १८४.४ सीसी सिगंल सिलिन्डर, एयरकूल्ड, ४स्ट्रोक, एफआई इन्जिन रहेको छ। यो इन्जिनले १५.८ बीएच पावर ८००० आरपीएममा तथा १५.३ एनएम टर्क ७००० आरपीएममा जेनेरेट गर्ने कम्पनीले दाबी गरेको छ। एलइडी हेडल्याम्प तथा टेलल्याम्प रहेको यो मोटरसाइकलको इन्जिनमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ।
सिबी १९० आर को अगाडि टेलिस्कोपीक इन्भर्टेड सस्पेन्सन र पछाडि स्वीङआर्म सस्पेन्सन राखिएको छ। दुवै ह्वीलमा डिस्क ब्रेक रहेको यो मोटरसाइकलमा १२ लिटरको फ्युल ट्याङक रहेको छ। ५५ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने यो मोटरसाइकल स्याकार ट्रेडिङले ६ लाख रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ।