काठमाडौं– कतार सरकारले भर्खरै रोजगारीका लागि भित्रिने र बाहिरिने विदेशी श्रमिकको तंथ्याक सार्वजानिक गरेको छ। कतारको गृह मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो वर्षको तुलनामा नेपालीको श्रमिकको संख्या घटेको छ।
तथ्यांक अनुसार यसअघि ४ लाख नेपाली रहेकोमा हाल ३ लाख ४१ जना मात्र कतारमा कार्यरत रहेका छन्। गत वर्षको तुलनामा कतारबाट करिब ६० हजार नेपाली श्रमिक स्वदेश फर्किएको तंथ्याकमा उल्लेख छ।
नेपाल सरकारको बिगत ४ वर्षअघिको तथ्यांकले पनि कतार जाने नेपाली श्रमिकको संख्या गत वर्षको तुलनामा न्यून रहेको देखिन्छ। मलेसिया रोजगारी बन्द भएपछि कतार जाने नेपाली संख्या बढेको थियो। तर, हाल मलेसिया सञ्चालन भएपछि कतार जाने संख्यामा गिरावट आएको वैदेशिक रोजगार विभागले जनाएको छ। नेपाली श्रमिकको मलेसियापछि रोजगार गन्तव्यमा कतार पर्छ।