काठमाडौं – चक्लेटी नायक नाजिर हुसेन चलचित्र अभिनयमा प्रवेश गरेको लगभग ५ वर्ष पुग्यो। नत उनको कुनै गसिप बन्ने गरेका छन्। न त उनी स्टारको सूचीमा नै पर्न सफल छन्। तर, अभिनयको व्यस्तता भने उनको स्टारको भन्दा बढी छ। सायद, त्यसैले होला चलचित्रमा मात्र होइन, अचेल नाजिरको म्युजिक भिडियोमा पनि माग बढ्दो छ। पछिल्लो समय सार्वजनिक भएका धेरै म्युजिक भिडियोमा पनि उनको अभिनय देख्न सकिन्छ।
अहिलेसम्म पनि अविवाहित नाजिर अव भने प्रेम गर्ने जन्तरको खोजीमा लागेका छन्। उनले प्रेम गर्ने जन्तर रियलमा नभएर रिल लाइफमा खोजेका हुन्। उनले गाउँका पण्डित बाजेलाई प्रेम पार्ने जन्तर बाँधिदिन आग्रह गर्दै अभिनय गरेको ‘प्रेम गर्ने जन्तर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
भिडियोमा नाजिरलाई मोडल सरुसा महर्जनले साथ दिएकी छन्। सरुसासँग नाजिरको जोडी परफेट देखिन्छ। किरण पहाडीको शब्द, दीपक महर्जनको स्वर रहेको गीतको भिडियोमा कोरियोग्राफी महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारको छ। भिडियोको छायाँङ्कन हरि घले लामाले गरेका हुन्। भिडियो रोशन श्रेष्ठले निर्देशन गरेका हुन्। समग्रमा गीत एकदमै राम्रो बनेको छ।
हेर्नुहाेस भिडियाे
https://www.youtube.com/watch?v=ZtUh3zqM9Sc&feature=youtu.be