काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबार बंगलादेश प्रस्थान गरेका छन्। उनी बंगलादेशका सेना प्रमुख अजीज अहमेदको औपचारिक निमन्त्रणामा ७ सदस्यीय भ्रमण दलका सदस्यसहित बंगलादेश गएका हुन्।
प्रधानसेनापति थापाको बिधाई गर्न बलाधिकृत रथी शरदकुमार गिरी त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगेका थिए। थापा नेपाली सेनाकै विमानमा बंगलादेश प्रस्थान गरेका छन्।
नेपाली सेनाको अनुसार भ्रमणका क्रममा प्रधानसेनापति थापाले बंगलादेशका विभिन्न सैनिक युनिट भ्रमणदेखि उच्चस्तरीय भेटवार्ता र ऐतिहासिक स्थलको भ्रमण गर्ने कार्यक्रम रहेको छ।
सेनाले एक प्रेस विज्ञप्ती जारी गर्दै यो भ्रमणले दुई देशको आपसीहित र पारस्परिक सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ। थापाको गैरहाजिरिमा बलाधिकृत रथी गिरीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन्।
थापा बंगलादेशको औपचचरिक भ्मणबाट माघ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।