काठमाडौं–सनराइज बैंकले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गराउने उदेश्यका साथ सनराइज रिकरिङ्ग खाता संचालनमा ल्याएको छ। आवश्यकताअनुसार १ देखि ५ वर्षका लागी बचत गर्न सकिन योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गदै जान सकिने विज्ञप्तिमा उल्लेख छ।
खाता खोल्दा न्युनतम बचत रु. १००० र त्यसपछि एक पटकमा न्युनतम रु. ५०० वा ५०० को गुणाका दरले जम्मा गर्दै जान सकिनेछ।बचत खाताको पैसा नियमित रुपमा मुद्घति खातामा जम्मा हुँदैजानेछ।
मोवाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गबाट पनि पैसा जम्मा गर्न सकिने बैंकले जनाएको छ।खातामा पूर्व निर्धारितभन्दा बढी रकम ग्राहकको अनुकुलता अनुुसार पटकपटक गरि जम्मा गर्न सकिनेछ।ब्याज त्रैमासिक रुपमा प्राप्त हुनेछ।
व्याज आवश्यकपर्दा खातामा जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा लिन पाइने व्यवस्था छ। खातामा फ्लोटिङ्ग व्याजदर लागु गरिएको छ जसले गर्दा बजारको उतार चढाव अनुसारको व्याज दर निर्धारण गर्न मदत पुग्दछ।
उतारचढाव हुदाँ पनि व्याज प्राप्त हुनेछ। हाल बैंकले मुद्घति खातामा ९.२५५ मा थप ०.५ ५ व्याज प्रदान गर्दै आएको छ। दैनिक, साप्ताहिक र मासिक हिसाबले बचत गर्ने सोच भएमा उपयुक्त रहने बैंकले जनाएको छ।