काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको परिवारलाई सहयोग गर्ने उद्देश्यले फिल्म ‘कोपिला’ को च्यारिटी गरिने भएको छ। मकवानपुर जागरण अभियान नेपालले आउँदो माघ १० गते हेटौडाको एनएस चलचित्र भवनमा फिल्मको च्यारिटी शो गर्न लागेको हो। मकवानपुर जागरण अभियान नेपालले एक पत्रकार भेटघाटको कार्यक्रम गर्दै फिल्मको च्यारिटीको बारेमा जानकारी दिएको हो।
फिल्म च्यारिटीको दिन स्व.निर्मला पन्तको परिवारलाई हेटौडा बोलाएर ५० हजार सहयोग गर्ने मकवानपुर जागरण अभियान नेपालका अध्यक्ष कृष्णराज कोईरालाले बताए। कोइरालाले यसको अलवा केही अगाडि भएको फिल्म पञ्चायतको च्यारिटीबाट उठेको रकम समेत पन्त परिवारलाई दिने जमानकारी गराए। फिल्मका निर्माता मणिराज गौतमले पन्तको बिषयमा फिल्म ‘कोपीला’ बनेको बताएका छन्। फिल्ममा ‘कोपीला’ को शिर्ष भुमिकामा संजिवनी खरेलले अभिनय गरेकी छिन।
संजिवनीको अलवा गणेश गिरी, सरिता गिरी, ऋद्धीचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेल लगायतका कलाकारको फिल्ममा भूमिका रहेको छ।गणेश गिरीको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा सुवासराज काफ्ले, सम्पादक तथा एनिमिटर समिर मियाँ र छायाँकार रामेश्वर कार्की रहेका छन्। दिपक शर्माको संगीत रहेको फिल्म शिबम् अधिकारीले निर्देशन गरेका हुन्।