काठमाडौं – नेपालको लागी चीनका चार सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुल्ला भएको छ।नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएपछि अब नेपालले चिनियाँ बाटो हुँदै तेस्रो मुलुकसँग व्यापार गर्ने बाटो खुलेको हाे।
वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले दिएको जानकारीअनुसार चीनको लियन्युंगा, सेन्जेन, तियान्जिन र झ्याङजियाङ गरी चार सामुद्रिक बन्दरगाह तथा लन्जाओ, ल्हासा र सिगात्से गरी तीन सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्न सक्नेछ।
यस्तै रसुवा र तातोपानी नाकासहितका ६ नाका व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न पनि बाटो खुलेको छ। मन्त्राको अनुसार हुम्लाको यारी सुंखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाकाबाट नेपालले चीनसंग ब्यापार गर्न सक्ने बताएको छ। उनको अनुसार नेपालमा दर्ता भएका सवारी साधन अनुमति लिएर सिगात्सेसम्म जानसक्ने सहमति भएको बताएको छ।