काठमाडौं– सुमधुर स्वरकी धनी नव–गायिका पूजा क्षेत्री र दिपक दर्जीको आवाजमा निकै मिठो पञ्चेबाजा गीत सार्वजानिक भएको छ। लोक गायक दिपक दर्जी को शब्द र प्रेम बहादुरको लय रहेको गीतमा आशिष अविरलको उत्कृष्ट संगीत संयोजन रहेको छ। गीत राग स्टुडियोमा रेकर्ड भएको हो। विज्ञान आर विएनको निर्देशन रहेको गीतको म्यूजिक भिडियोमा कलाकारहरु दिपक दर्जी, आकाश गौतम र सृजना जि.सी.को अभिनय रहेको छ। पञ्चेबाजा र गाउँघरको सेरोफेरोलाई झल्काउने उद्धेश्यले तयारी पारिएको भिडियो एकदमै राम्रो बनेको छ।
गायिका पूजा क्षेत्री अहिलेकी राम्रो सम्भावना भएकी गायिका हुन्। केही समय अगाडि उनले बिमाकुमारी दुरा र शंकर कडेलको आवाजमा रहेको अहिलेको चर्चित गीत ‘लर्के जोवन’ मा बिमाकुमारी दुरासँग समुह गायनमा पनि आवाज दिएकी छिन्। समग्रमा गीत एकदमै राम्रो बनेको छ। बुढा सुब्बा म्यूजिक बाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=2DmAJFbjMrg&feature=youtu.be&fbclid=IwAR1qr-JeMpRi20CLlLWKrcH6ZnkVvi9nAXMaCA4Vabk2yJ_-yJyyCxDw0IM