नवलपरासी– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको रामग्राम नगरपालिका–८ का वडाध्यक्ष गोपाल डिस्वा मगरविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेकाे छ।
स्थानीय सेवाग्राहीको नाता प्रमाणित, घररगोठ प्रमाणित र सेवा टहल तथा औषधि उपचारको सिफारिस गरेवापत बिना रसिद २ लाख रुपैयाँ (घुस) लिएको अभियोगमा पक्राउ परेका वडाध्यक्ष मगरविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो।
अख्तियारले वडाध्यक्ष मगरले स्थानीय सेवाग्राहीसँग बार्गे्निङ गरी विभिन्न शीर्षकमा घुस रकम माग्ने गरेको जानकारी दिएकाे छ। अख्तियारको अनुसार वडाध्यक्ष मगरविरुद्ध २ लाख रुपैयाँ बिगो दावी गर्दै बिगो अनुसार जरिवाना र १ वर्ष ६ महिना कैद सजाय मागदाबी गरेको छ।