काठमाडौं – कुनै एउटी महिलाले श्रीमान गुमाउनुको वेदना कस्तो हुन्छ? एउटी छोरीले आफ्ना पिताको स्पर्श गुमाउनुको मर्म कस्तो हुन्छ? प्रश्ना शाक्यको गीतले यसको जवाफ खोज्छ। ‘आँशुले छचल्किए आँखाहरु’ गीतले पारिवारिक वेदनाको कथा भनेको छ। यो गीत ‘आँशु’ गीति एल्वममा संग्रहित छन्। आफ्ना श्रीमानसँगका घमाइला दिनहरु जसरी मस्तिष्कमा ताजा भएर आउँछ, जुन अब उनले कहिल्यै भोग्न पाउने छैनन्।
सानी छोरी भन्छिन्, ‘मामु, मेरो पनि बाबा हुनुभएको भए मलाई स्कुलसम्म पुर्याइदिन्थे होला है।’ यही पृष्ठभूमीमा जीवन भट्टराई, इस्टु कार्की र दीप्सना भट्टराईले अभिनय गरेका छन्।
गीतका रचनाकार हुन्, रुवी पोखरेल। रुवीको यो पहिलो गीति संग्रह हो। उनको गीतमा सुनिल मास्केले धुन भरेका छन्। प्रदीप श्रेष्ठको संगीत संयोजन छ। गीतको म्युजिक भिडियोलाई उत्सव दाहालले छायाँङ्कन गरेका छन्। साथै युवराज वाइवाले निर्देशन गरेका हुन्।
हेरनुहाेस भिडियाेः
https://www.youtube.com/watch?v=Yc4kUQhLSNw&feature=youtu.be