काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज भारत जाने भएका छन्। स्वास्थ्यमा केहीँ समस्या आएको छ कि भनेर स्वास्थ्य जाँच गराउन उनी भारत जान लागेका हुन्।
नेता पौडेलले स्वास्थ्य उपचारका लागि आफू आज भारतको एम्स अस्पतालमा जान लागेको जानकारी दिएका छन्। उपचारका क्रममा भारतमा तीन दिन विताउने उनको भनाइ छ।
स्वास्थ्यमा भएको खास समस्याको बारेममा भने उनले केहीँ बताएनन्। ‘केही भएको छ कि भनेर जाँच गर्नका लागि जान लागेको हो।’ उनले भने।