काठमाडौं – साग लगायतका तरकारीहरू छिटो उत्पादन गर्नेे चक्करमा किसानले अत्याधिक किटनासक औषधी लगायत विषादी प्रयोग गर्ने गरेका छन्। त्यही तरकारी बजार हुँदै हाम्रो भान्सा सम्म आइपुग्छ। यसरी हामी बिषादि युक्त तरकारी खान पुग्छौ, जसले गर्दा अनेकौ शारीरिक समस्या निम्त्याउने गर्दछ।
आजभाेलीकाे बजारमा बिषादीमुक्त तरकारी पाउनै मुस्किल छ, प्राय सबैजसाे तरकारीहरूमा औषधीकाे प्रयाेग गरेकै हुन्ट। जसका कारणा हाम्रो भान्सामा विषाक्त सागतरकारीहरू मात्रै भित्रिने गरेका छन्। तरकारीको माध्यामबाट हामी विष सेवन गरिरहेका छौं। अहिले बजारमा अर्गयानिक तरकारी पाउन गाह्रो मात्र होइन, असंभव नै छ।
अर्गयानिक तरकारी कहाँ पाउने
तपाई हाम्रै किचन गार्डेनमा, घरको बगैंचा, बार्दली, छत वा कुनै सानो स्थानमा सागतरकारी उत्पादन गर्न सकिन्छ। यसका लागि अरु केही चाहिँदैन जाँगर भए पुग्छ, किनभने सागतरकारी रोप्न, उत्पादन गर्न खास ठूलो ठाउँ चाहिदैन। सानै ठाउँमा पनि गमला वा बोरामा माटो र मल राखेर तरकारी रोप्न सकिन्छ।
विषाक्त तरकारी खरिद गर्ने समयको बचत गरेर आफ्नै बगैचामा उत्पादन गर्न सकिन्छ। स्वास्थ्यभन्दा ठूलो कुरा अरु केहि होइन। त्यसैले अन्य कामबाट समय बचत गरेर पनि घर बगैंचामा तरकारी लगाउनु उत्तम हुन्छ।