रौतहट– शनिवार राति रौतहटको गौर कारागारबाट एक कैदी फरार भएका छन्।
फरार हुनेमा अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भुक्तान गरिरहेका गडिमाइ १ का अशोक यादव रहेका छन्।
जिल्ला अदालत गौरबाट उनलााई १५ वर्ष जेल सजायको फैसला सुनाइएको थियो र उनले विगत तीन वर्षदेखि कारागारमा सजाय काटिरहेका थिए।
कारागारबाट कैदी फरार भएपछि प्रशासन कार्यालयले अधिकृत किरणनिधी तिवारीको नेतृत्व मा छानबिन समिति गठन गरेको छ।