एजेन्सी– साउदी अरबको जेदाहास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा आइतबार राति भएको प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडलाई पराजित गर्दै स्पेनिस महारथी रियाल म्याड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ।
निकै नै प्रतिस्पर्धात्मक खेलमा १० खेलाडीमा समेटिएको रियालले एट्लेटिकोलाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै सुपरकपको उपाधि जितेको हो।
खेलमा निकै नै प्रतिस्पर्धात्मक खेलको निर्धारित र थप गरिएको समयमा कुनै पनि गोल निस्कन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। जसमा रियालले बाजी मारेको हो।
पेनाल्टीमा रियालका ड्यानियल कार्भाहल, रोड्रिगो, लुका मोड्रिच र कप्तान सर्जियो रामोसले गोल गरे। एट्लेटिकोका किरियन ट्रिपिएरले मात्रै गोल गर्न सफल भए। साउल निग्वेज थोमसले गोल गर्न सकेनन्।
पेनाल्टीमा रियालका कार्भाहलले गोल गर्दा एट्लेटिकोका साउलको प्रहार बाहिरिएको थियो। रोड्रिगोले सहजै गोल गर्दा थोमसको प्रहार रियालका गोलरक्षक थिवाउट कोर्टुवाले बचाए। लुका मोड्रिचले गोल गरेपछि रियाल जिततर्फ अग्रसर बनेको थियो । त्यसपछि किरियन ट्रिपिएरले गोल गरे। त्यसपछि रियालका कप्तान सर्जियो रामोसले गाेल गर्दै रियाललाई ४–१ को जित दिलाउदै स्पेनिस सुपरकपको उपाधि दिलाए।
त्यसअघि रियालले खेलको सुरुवातदेखि नै बल पोजेसन राख्दै एट्लेटिकोलाई दवावमा राख्न सफल भएको थियो । पहिलो हाफमा दवै टोलीले उल्लेख्य पोस्ट आक्रणमण बुन्न सकेको थिएन। दोस्रो हाफमा पनि दुवै टोलीले गतिलो मुभ बनाउन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो।
अतिरिक्त समयको २५औं मिनेटमा रियाल १० खेलाडीमा समेटियो। अल्भेरो मोराटालाई फउल गरेपछि रेफ्रीले रियालका फेडरिको भालभेर्डे दोहोरो पहेँलो कार्डसहित मैदानबाट बाहिरिएपछि खेल केहीवेर तनावुपर्ण बनेको थियो। रेफ्रीले त्यसपछि रियालका ड्यानियल कार्भाहललाई र एट्लेटिकोका एन्जल कोरेरा र स्टेफान साभिकलाई पहेँलो कार्ड देखाइएको थियो। त्यसपछि पनि गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।