काठमाडौं – दूध एक पोषक तत्वयुक्त सेतो तरल पदार्थ हो। तपाई आफ्नो मस्तिष्कलाई स्वस्थ र तन्दुरुस्त बनाउन चाहनुहुन्छ भने दैनिक एक गिलास दुध पिउने गर्नुहोस्। किनभने दुधले दिमागी क्षमता बढाउछ। नवजात शिशुहरू प्राय जसो दूधमा निर्भर हुने गर्छन्।
एक अध्ययनले नियमित दुध सेवन गर्ने व्यक्तिको दिमागी क्षमता अन्यको तुलनामा बढी हुने प्रतिवेदनमा भनिएको छ। दुध पोषण तत्वले मात्रै भरिपूर्ण होइन, यसले ब्रेन पावर समेत बढाउछ।
कुनै कुरा छिटो बिर्सने बानी छ भने पनि दुध सेवन गर्नाले सो अवस्थालाई विस्तारै निखार ल्याउनुका साथै आत्मबल बढाउन मद्धत गर्दछ। त्यसैले आजै देखि दुध सेवन गर्नुहोस् र दिमागी क्षमता बढाउनुहोस्।
विश्वभरमा, छ अरब भन्दा बढी मानिसहरु दुध र दुध उत्पादनहरु उपभोग गर्छन्।