जनकपुरधाम – प्रदेश २ सरकारले दिलीप महतोको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दिलीपको परिवारलाई ५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको अनुसार मृतकको परिवारलाई ५ लाख सहयोग गर्ने निर्णय गरिएको छ।
अवैध उत्खननको विरोध गर्दै आएका दिलीपको शुक्रबार बिहान हत्या भएको थियो। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।