काठमाडौं – आयुवेदिक औषधीय पद्दतिमा प्रयोग गरिने हर्रो, यो एक बहुगुणी फल हो। यसको धुलो कब्जियतको लागि एकदम उपयोगी मानिन्छ। यदि तपाईलाई पिसाव पोल्ने समस्या छ भने त्यसको कारण यौनरोगको संक्रमण, कुनै विष वा कडा औषधिका कारण मृगौला सुन्निनु अथवा पत्थरी भएको पनि हुन सक्छ।
तपाईलाई बढी मात्रामा पिसाव पोल्ने समस्या छ भने, त्यसको रोकथामका लागि केही घरेलु उपायहरु यस्ता छन्। दुई चम्चा धनिया बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग सेवन गर्नाले पनि पिसाव पोल्न कम हुन्छ। बोटैमा पाकेको अर्गानिक आप १ हप्ता सम्म दिनको दुइवटा सेवन गर्नाले धेरै पिसाबका रोगहरु निको हुन्छन्। त्यसैगरी गाजरको रस साँझ बिहान १–१ गिलास सेवन गर्नाले पिसाव पोल्न कम हुन्छ।
पिसाव पोल्ने रोगीले प्रशस्त पानी पिउनुका साथै छारयुक्त पदार्थको सेवन गर्ने। हर्रो बर्रो र अमला चूर्णं एक गिलास पानीमा बेलुका भिजाइ बिहान बिहान सेवन गरेमा पिसाव पोल्न कम हुन्छ। दत्तिवनका केही पात वा डाँठहरुलाई पानीमा पकाउने र त्यसमा हर्रो बर्रो र अमला चूर्ण समेत मिलाइ नियमित १५ दिन सेवन गरेमा पिसाव सम्वन्धि धेरै बिरामी निको हुन्छ।