तस्विर खबरहव
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आइतबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहलाई धेरै ‘धूपबत्ति’ गरिरहनुनपर्ने बताएका थिए। त्यसपछि सामाजिक सञ्जालमा उनको निकै आलोचना भइरहेको छ।
डा भट्टराईले ट्विटरमा लेखेका छन्, ‘१८ औं शताब्दीको चेतनामा उनले गरिब राज्य गोरखा राज्यविस्तार गरेका हुन्, जुन प्रकारान्तरले वर्तमान नेपाल राज्य बन्न पुग्यो,’ डा. भट्टराईले माइक्रो ब्लगिङ साइट ट्वीटरमा लेखेका छन्, ‘राम्रै भयो ! त्यहि रुपमा उनलाई सम्झे पुग्छ। धेरै धूपबत्ति गरिरहनुपर्दैन !’
डा भट्टराईले पृथ्वी जयन्तीको अवसरमा ट्वीट गर्दै पृथ्वीनारायण शाहलाई देवत्वकरण र दानवीकरण गर्नु पनि शोभनीय नभएको बताएका छन्। डा भट्टराईको ट्वीट प्रति राजावादीहरुले निकै आक्रोशश व्यक्त गरेका छन्। पृथ्वी नारायणा शाहले नेपाल एकीकरण गरेको योगदानको कदर गर्नुपर्छ भन्नेहरुलेपनि उनको भनाइको बहस गरेका छन्।
यसैक्रममा सशस्त्र प्रहरीका पूर्व एआईजी डा केशव मोहन श्रेष्ठले अध्यक्ष डा भट्टराइको चर्को आलोचना गरेका छन्। सामाजिक सञ्जालमा उनले ‘पृथ्वीनारायण शाहलाई धेरै धूपबत्ति गरिरहनुपर्दैन’ भन्ने डा भट्टराईको भनाइलाई अल्प सोच र तुच्छ विचारको संज्ञा दिएका छन्।
उनले फेसबुकमा यस्तो लेखेका छन्
अरूले वनाइ दिएका नेता डा. बाबुरामको अत्यन्तै अल्प सोच र तुच्छ विचार ‘पृथ्वीनारायण शाहलाई धेरै धूपबत्ति गरिरहनुपर्दैन’– यो पढेपछि संक्षेपमा नलेखि भएन्
१. कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखे पनि जस्ताको तस्तै‘ विदेशी साम्राज्यवादवाट वाइसे चौविसे तथा साना भुरे टाकुरे राजा रजौटासमेतलाई मिलाइ यहाँको भूगोलको धर्म, संस्कृति र साधन स्रोतको रक्षा र सम्वर्ध्दनको दीर्घ सोचको एकिकरणको गर्ने राजाको मूल्याकंन गर्न तपाईको विद्यावारिधी गराउने विश्वविद्यालयले नसिकाए जस्तो लाग्यो। नेपालको पौरखी इतिहास र पहिचान किन अपच्य भो तपाईलाई ? कुकुरलाइ घिउ नपचे जस्तो !
२. १७००० भन्दा बढी नेपाली छोरा छोरीहरूका काल वनेको जनयुद्धको नाममा तपाईंले संचालन गरेको आतंककारी गतिविधिको छानवीन हेगले गर्नेछ नै, यद्दपी इतिहासले माफी दिने छैन।
३. स्टालिन, माओ र लेलीनको देन वा त्याग के छन् नेपाल वनाउनमा ? जहाँ तपाई वुलेट टु व्यालेट, व्यालेट टु सिंहदरवार प्यालेस पग्नु भो ! चीनको माओवादको नारा, भारत अन्य देशमा संरक्षण र वाह्य हातहतियार सहयोगमा नयाँ नेपाल वनाउने अवधारणा आजको आवश्यकता हो भने त्यो किन बाबुराम पथ वा प्रचण्ड पथ हुन सकेन ? अव पनि जनतालाई लालीपपमा नभुलाउनु उचित।
४. तपाइका सोचले देश ५० वर्ष पछि परेको छ विकासका पाटामा। देशको दुई वंशमा असर परेको छ। अझै पछि पार्ने प्रयास असह्य हुनेछ। तपाई स्वयं बच्ने कमजोर आड वनाइ माओवादबाट निस्किनु भएको छ, प्रचण्ड पथ एमालेमा विलय भयो। अव नेपाल कम्युनिस्ट दल पनि वाह्य शक्तिको भासमा भासिएको छ र पक्कै विलय हुनेछ केही दशकलाई सन्नर १९८१र८२ मा रसियामा भए झै नेपालमा पनि। स्मरण रहोस्। झार खण्डमा माओवादी आतंकारीका गतिविधि विरूद्ध भारत सरकारले गोली दागी रहेका छन्, यहाँ राजा पृथ्वी नारायण शाह, वहाका सन्तती तथा वीर जनताहरूले वनाएको देशलाइ विखण्डन गरी रजाइ गर्ने कुचेष्टा नगर।
५. इण्डोप्यासिफिक रणनीति र बीआरआई २१ औं शताव्दीको प्रमुख अवधारणा हो। एशिया खेल मैदान हुनेछ। दुवैमा नेपाल कम्युनिष्ट दल तथा प्रतिपक्ष कांग्रेस चुकी सकेका छन, अन्तर्रा्ष्ट्रिय सम्वन्ध कायम गर्नमा। असल विकल्प देशको माटो सुहाउदो राजनीति र पञ्चशीलको परराष्ट्र नीति नै हो यस सन्दर्भमा। नेपालको भूमिका र सफलता संवैधानिक राजसंस्था सहितको नेपाली प्रजातन्त्रबाट सम्भव हुनेछ।
खबरदार, नेपाललाई असफल वनाउन तपाई विदेशी रणनीतिको गोटी नवन्नुहोस्। वीपीले पनि पछि नेपालको हक हीतका पक्षमा मेलमिलापको मार्ग लिएको इतिहास साक्षी छ। देशलाइ राजनीतिक अस्थिरतामा राखि असफल वनाउने व्लाक होलमा नधकेल। देशमा एकताका सुत्राधार, तथा राज्य संचालनका नीति, रणनीति सहितका मार्गदर्शन ९जुन २१ औ शताव्दीमा पनि उत्तिकै उपयोगी छन। उनै राजा, उहाँका सन्ततीहरुले तथा प्रजाहरूले वनाएको नेपालमा पुनः आतंकवादको षडयन्त्र नगर , विश्वका जनताले पनि वुझि सकेर अव स्वीकार हुने छैन। संक्षेपमा, राजाका हातवाट लुटिएको जनताको नासो राजतन्त्र र नेपाली प्रजातन्त्र अव फिर्ता वुझाउ,फेरि द्वन्दमा नफसाउ र जथाभावी नवोल।
DrThakur Mohan Shrestha