एजेन्सी– शाओमीको गेमिङ्ग स्मार्टफोन ब्राण्ड ब्ल्याक शार्क ले आफ्नो नयाँ स्मार्टफोन लन्च गर्न गर्ने भएको छ। स्मार्टफोनमा बढि गेम खेल्न मन पराउँनेहरु माझ चर्चित रहेको ब्ल्याक शार्कले ब्ल्याक शार्क ३ सार्वजनिक गर्न लागेको हो।
मिडिया रिर्पोटकाअनुसार चीनमा ब्ल्याक शार्क ३ सर्टिफाइड भइसकेको छ। यस मोबाइलमा १६ जीबी र्याम हुनसक्ने जानकारी आएको छ। अहिले बजारमा बढिमा १२ जीबी र्याम भएको स्मार्टफोनहरु उपलब्ध रहेका छन्। तर यो स्मार्टफोनमा भने १६ जीबीको र्याम हुने चर्चा रहेको छ।
ब्ल्याक शार्क ३ मा स्न्यापड्रयागन ८ सय ६५ प्रोसेसर राखिनेछ भने फोनमा ३० वाटको फ्ल्यास चार्जिङ टेक्नोलोजी हुन सक्दछ। साथै यो फोनमा ४७०० एमएएच ब्याट्री हुन सक्ने बताइएको छ। तर फोनको क्यामरा, डिजाइन, स्क्रीन साइजको बारेमा अहिलेसम्म केहिपनि जानकारी अगाडि आएको छैन।
कम्पनीले यसअघि ब्ल्याक शार्क २ प्रो स्मार्टफोन गत वर्ष जुलाइमा सार्वजनिक गरेको थियो। ब्ल्याक शार्क ३ लाई ब्ल्याक शार्क २ को अपडेट भर्सनको रुपमा मानिएको छ। सो स्मार्टफोनमा स्न्यापड्रयागन ८ सय ५५ प्रोसेसर दिइएको थियो भने यसमा ४००० एमएएच पावरको ब्याट्री रहेको थियो।