एजेन्सी — बहुप्रतिष्ठित सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टले विन्डोज सेभेनका लागि उपलब्ध गराउँदै आएको सम्पूर्ण सपोर्ट बन्द गर्ने भएको छ। कम्पनीले सबै विन्डोज प्रयोगकर्तालाई विन्डोज टेन प्रयोग गर्न आग्रह समेत गरिरहेको छ। यसलाई माइक्रोसफ्टको जीवनको अन्त्य अर्थात् ‘इण्ड अफ लाइफ’ भनिएको छ।
माइक्रोसफ्टले सन् २०१५ को जनवरीदेखि नै विन्डोज सेभेनमा मेनस्टि्रम सपोर्ट बन्द गरेको थियो। तर जनवरी १४ देखि भने प्रयोगकर्ताले विन्डोज सेभेन प्रयोग गरिरहे पनि माइक्रोसफ्टले त्यसमा कुनै सहायता प्रदान नगर्ने भएकाे छ। सहायता प्रदान नगर्दा विन्डोज सेभेनमा सुरक्षाको समस्या, गति सुस्त हुने समस्या देखिन सक्छ। याे सँगै कम्प्युटरमा विभिन्न फिचरहरु नचल्ने मात्र नभएर भाइरसको आक्रमणको जोखिम पनि उच्च हुनेछ।
माइक्रोसफ्टले आफ्नो लोकप्रिय विन्डोज सफ्टवेयरका सबै प्रयोगकर्तालाई आफ्नो कम्प्युटरलाई भाइरस तथा अन्य साइबर जोखिमबाट सुरक्षित राख्नका लागि अपरेटिङ सिस्टमलाई विन्डोज टेनमा अपग्रेड गर्नका लागि आग्रह गरेको छ। कम्पनीले विन्डोज टेन पछिको अपडेटमा कुनै सफ्टवेयर नल्याउने र विन्डोज टेनलाई आजिवन नयाँ नयाँ अपडेट दिएर सुधार्दै लैजाने घोषणा गरेको छ। विन्डोज ८.१ प्रयोगकर्तालाई भने जनबरी २०२३ सम्म सपोर्ट दिने कम्पनीले बताएको छ।
माइक्रोसफ्टले २०१८ अक्टोबरमा विन्डोज टेन सार्वजनिक गरेको हो।