काठमाडौं – नेपालमा फोरजी सेवा सुरु भएको करिब २ वर्षमा नै प्रयोगकर्ताका संख्या ४५ लाख नाघेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार दूरसञ्चार सेवा प्रदायकको फोरजी प्रयोगकर्ता मध्ये सबैभन्दा बढी एनसेलको रहेको छ।
याे पनि पढ्नुहाेस !
नेपालमा फोरजी प्रयोगकर्ता ४५ लाख नाघे, अहिले सम्म एनसेलकै राज
के हाे फोरजी ?
फोरजी भनेकाे चौथो पुस्ताको वायरलेस मोवाइल दुरसञ्चार प्रविधि हो। हाल नेपालमा फोरजी सेवा सञ्चालन दुरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम, एनसेल र स्मार्ट सेल हुन्। हाल अधिकांश शहरहरुमा उपलब्ध रहेको थ्रीजीको तुलनामा फोरजी सेवा ५ गुणा बढी द्रुतगतिमा सञ्चालन हुने टेलिकमको दाबी छ। फोरजी प्रयोगबाट द्रुतगतिमा इन्टरनेट सेवा, भिडियो कलका अतिरिक्त ठूला फाइलहरु अपलोड र डाउनलोड गर्न सहज हुनेछ। यसले करिब १०० मेगाबाइट्स प्रतिसेकेण्डमा डाटा आदानप्रदान गर्दछ।
कसरी एक्टिभेट गर्ने ?
नेपाल टेलिकमको फोरजी सेवा एक्टिभेट गर्न *444# डायल गर्नुपर्छ। यसपछि प्राप्त निर्देशन अनुरुप सिम परीक्षण गर्न तथा फोरजी सेवा एक्टिभेट गर्न सकिनेछ। टेलिकमका अनुसार फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन। फोरजी चलेपछि नोटिफिकेसन बारमा फोरजी अथवा एलटिई लेखिएको देखिनेछ। तर यसको लागि उपयुक्त सिम नभएमा सिम परिवर्तन गर्नुपर्ने सूचना समेत प्राप्त हुनेछ।
टुजी र थ्रिजी सिमलाई पनि फोरजीमा रुपान्तरण गर्न सकिने छ। टुजी र थ्रिजी सिमलाई फोरजीमा रुपान्तरण गर्दा कुनै शुल्क नलाग्ने टेलिकमले जानकारी दिएकाे छ। पुरानो सिमले फोरजी सेवा सपोर्ट नगरेमा टेलिकमको जुनसुकै ग्राहक सेवा केन्द्रमार्फत सिम परिवर्तन गर्न सकिनेछ। अहिलेको सिम परिवर्तन गरेर नयाँ सिम सित्तैमा सोहि नम्बरमा टेलिकमले उपलब्ध गराउने जनाएको छ।
थ्रिजी तथा टुजीको दरमा नै फोरजी सेवा लिन सकिने र थप शुल्क नलाग्ने टेलिकमले जनाएको छ। कम्पनीका अनुसार पहिलो पटक फोरजी एक्टिभ गर्ने ग्राहकले दुई दिनको समयसहितको दुईसय एमबी डाटा बोनस पाउनेछन्।
त्यसैगरी तपाईँको स्मार्टफोन पनि फोरजी प्रविधियुक्त हुन आवश्यक छ। फोरजी स्मार्टफोन छैन भने तपाईँले फोरजी सिम लिएपनि तपाईँको फोनमा संचालन हुँदैन्। विस्तृत जानकारीका लागी तलकाे लिङ्कमा क्लिक गर्नुहाेस !
यस्ता मोबाइलमा मात्र चल्छ टेलिकमको फोरजी
याे पनि पढ्नुहाेस !
एक रुपैयाँमै सिमकार्डलाई फोरजीमा अपग्रेड गर्न सकिने, साथमा एक जीबी डेटा निशुल्क