एजेन्सी– जापानका ४४ वर्षीय अर्बपति युसाकु मेजावा चन्द्रमामा आफूसँग डेटिङ जान चाहने ‘जीवन साथी’को खोजीमा छन्।
जापानी अनलाइन कपडाको ‘रिटेलर’ जोजो इन्कका संस्थापक मेजवा अन्तरिक्ष कम्पनी स्पेस एक्सबाट चन्द्रमामा जाने तयारीमा छन्। उनी त्यहाँ पुगेपछि संसारकै चन्द्रमामा जाने पहिलो पर्यटक बन्ने छन्।
सन् १९७२ पछि पहिलोपटक मानिसलाई चन्द्रमामा पठाइएको थियो। अब आफ्नी जीवन साथीसहित जान लागेका मेजावालाई सन् २०२३ सम्ममा चन्द्रमामा पठाउने योजना स्पेस एक्सले बनाइरहेको छ। आफूसँग चन्द्रमामा जान चाहने महिलाको खोजीमा रहेका उनले ‘प्लान्ड म्याच–मेकिङ इभेन्ट’ नाम गरेको वेबसाइटमा नाम दर्ता गर्न महिलाहरुलाई आग्रह अपील गरेका छन्।
हालै २७ वर्षीय अभिनेत्री प्रेमिका एमी गोर्कीसँग अलग भएका उनले भनेका छन्, ‘म मेरो भविष्यको जीवनसाथीसँग बाहिरी अन्तरिक्षमा हाम्रो प्रेम र विश्व शान्तिकोबारेमा चिच्याउन चाहन्छु।’ उनीसँग चन्द्रमामा जाने महिलाको उमेर २० वर्षभन्दा माथि हुनुपर्ने र सधैँ सकारात्मक सोच राख्ने र अन्तरिक्षमा जाने इच्छा हुनुपर्ने शर्त राखिएको छ।
मेजावासँग अन्तरिक्षमा जान चाहने महिलाले यही जनवरी १७ मा आवेदन दिनुपर्ने र उनले अन्तिम निर्णय भने मार्चको अन्तिममा लिइने बताइएको छ।