राजविराज– वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब गएका एक नेपाली युवकको मृत्यु भएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४, रम्पुरा मल्हनियाका ३२ वर्षीय शम्भु खत्वेको मृत्यु भएको परिवारजनलाई उद्धृत गर्दै सूचना तथा परामर्श केन्द्रले जनाएको छ।
उनी वैशाख २६ गते ‘वर्क कोर्स साउदिया इस्ताक्दम’ कम्पनीमा काम गर्न साउदी अरब गएका थिए। काम गर्दा गर्दै शुक्रबार बिरामी परेका उनको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको उनीसँगै काम गर्ने श्रीप्रसाद मुखियाले जानकारी दिएको मृतकका दाजु महेन्द्र खंग खत्वेले बताए।
यसैबीच, सोमबार राजविराज आएका उनका परिवारजनले मृतक खत्वेको शव साउदीबाट ल्याइदिन सम्बन्धित निकाय र नेपाल सरकारसँग आग्रह गरेका छन्।