काठमाडौं– ‘अर्जुन रेड्डी’को तेलुगु फिल्म नेपाली रिमेक भर्सनमा निर्माण हुने भएको छ। एक नेपाली निर्माण कम्पनी एवम् वितरक युवा फिल्मसले चलचित्रको नेपाली भर्सनको निर्माणका लागि अनुमति लिएको हो।
अर्जुन रेड्डीको नेपाली भर्सन बन्न लागेको युवा फिल्म्सको तर्फबाट केशव खड्का र आशिश श्रेष्ठले जानकारी दिए। ‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ।
साउथ स्टार विजय देवगरकोन्डा अभिनित यो चलचित्रलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए। यसको रिमेक बन्ने चर्चा पहिलदेखि नै थियो। चलचित्रको हिन्दी रिमेकमा शाहिद कपूरको मूख्य भुमिका रहेको ‘कबीर सिंह’ फिल्म बलिउडमा निकै चर्चित छ।
यसअघि युवा फिल्मसले कबड्डी, पुरानो डुङ्गा लगायतका फिल्म अमेरिकामा वितरण गरेको थियो।