एजेन्सी– विश्व प्रसिद्ध इलेक्ट्रीक सवारीसाधन उत्पादक कम्पनी एनआईयूले अमेरिकाको लस भेगासमा भएको कन्जुमर इलेक्ट्रीक शो २०२० मा नयाँ दुई सवारीसाधन सार्वजनिक गरेको थियो। उक्त इलेक्ट्रीक सवारीको चर्चा अहिले चुलिएको छ। कम्पनीले फाइभ जी सपोर्ट गर्ने प्रविधिमा यसलाई विकास गरेको हाे।
कम्पनीले उक्त एक्स्पोमा टिक्यूआई–जीटी र आरक्यूआई–जीटी सवारी सार्वजनिक गरेको थियो। जसमा टिक्यूआई–जीटी तिन पाङ्ग्रे सवारी हो भने आरक्यूआई–जीटी इलेक्ट्रीक मोटरसाइकल हो। कम्पनीकाे पहिलो इलेक्ट्रीक मोटरसाइकल सिंगल चार्जमा १३० किलोमिटर गुडाउन सकिन्छ।
निकै पावरफुल रहेको याे मोटरसाइकल प्रतिघण्टा १६० किलोमिटरको गतिमा चलाउन सकिने कम्पनीले दाबी गरेकाे छ। फाइभ जी सपोर्ट गर्ने प्रविधियुक्त यी सवारीसाधन स्मार्टफोनको सहयाताले कन्ट्राेल अर्थात बन्द गर्न, खोल्न र स्टाट गर्न सकिने छ।