एजेन्सी– पाकिस्तानमा भारी हिमपात र भीषण बर्षाको कारण २५ जनाको मृत्यु भएको छ। मौसमको कारण जनजीवन प्रभावित भएको हुनाले सरकारले प्रभावित क्षेत्रमा संकटकालको घोषणा गरेको छ।
पाकिस्तानको सबैभन्दा ठूलो राज्य बलुचिस्तानमा अत्याधिक हिमपात भएको छ जसको कारण १४ जनाको मृत्यु भएको छ। मौसमको कारण सडक र हवाइमार्ग पनि प्रभावित भएका छन्।
अधिकारीहरको अनुसार बलुचिस्तानमा कुनै पनि माध्यमबाट सम्पर्क हुन सकेको छैन्। क्वेटांमा निरन्तर हिमपातले कच्ची घर भत्किएका छन्।
हिमपातकै कारण अस्पतालमा दर्जनौं घाइते उपचाररत छन्। पाकिस्तानमा २० बर्षयताकै भीषण हिमपात भएको जनाइएको छ।