एजेन्सी– स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक अर्नेस्टोलाई भाल्भेर्डे बर्खास्त गरेको छ। उनको बर्खास्तीलगतै उनको स्थानमा रियल बेटिसका पूर्वप्रशिक्षक क्विक सेटिनलाई नियुक्त गरेको छ।
५५ वर्षीय भाल्भेर्डेले बार्सिलोनालाई लगातार दुईपटक ला लिगाको उपाधि दिलाएका थिए। यस्तै यस सिजन पनि गोल अन्तरमा रियललाई पछि पार्दै बार्सिलोना ला लिगाकाे शीर्षस्थानमा छ।
भाल्भेर्डेको प्रशिक्षणमा बार्सिलोना गत सिजनकाे च्याम्पियन्स लिगको फाइनलमा पुग्न असफल भएको थियो। त्यस्तै गत साता स्पेनिस सुपर कपको सेमिफाइनलमा एट्लेटिकको म्याड्रिडसँग हारेसँग भाल्भेर्डेकाे जागिर धरापमा परेकाे थियाे।
बार्सिलोनाले नयाँ प्रशिक्षक सेटिनसँग सन् २०२२ को जुन ३० सम्मको लागि पहिलो टोलीलाई प्रशिक्षण दिने सम्झौता गरेको बेवसाइटमार्फत विज्ञप्ती जारी गर्दै जनाएकाे छ। लिगका तलतिरका क्लब सम्हालेका सेटिनले लस पलमलाई ४० वर्षको इतिहासमा ११ औं स्थानमा पुर्याएका थिए।
यस्तै रियल बेटिसलाई शीर्ष ६ मा राख्दै युरोपा लिगमा छनोट गराएका थिए। उनको प्रशिक्षणमा बेटिसले बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिडलाई समेत पराजित गरेको थियो।