गलकोट– बागलुङमा रहेका दुई आश्रममा रहेका बेसाहारालाई रु ४० लाख बराबरको न्यानो कपडा वितरण गरिएको छ। कोरियामा रहेका नेपालीको सक्रियतामा न्यानो कपडा ब्लाङ्केट वितरण गरिएको सुमन केसीले जानकारी दिएका छन्।
‘यो जाडोमा आश्रय लिएर बसेका बेसाहारा तथा असाहाय नागरिकलाई जाडोमा न्यानो पार्ने प्रयास गरेका छौँ’, उनले भने, ‘कोरियामा पसिना बगाउँदै आएका नेपालीको देशप्रतिको सानो माया मात्रै हो।’ (रासस)