काठमाडौं– बेसारलाई आयुर्वेदमा सबैभन्दा राम्रो एन्टिबायोटिक भनेर व्याख्या गरिएको छ। यसैले छाला, पेट तथा अन्य रोगका लागि यसलाई प्रयोग गर्न सकिन्छ। त्यस्तै दुधमा पनि प्राकृतिक एन्टिबायोटिक हुन्छ। शरीरमा हुने प्राकृतिक संक्रमणलाई रोकथामका लागि बेसार र दुधलाई मिसाएर सेवन गर्ने हो भने, हाम्रो शरीरलाई धेरै फाइदा गर्दछ।
यस्ता छन् दुधमा बेसार मिसाएर खानुका फाइदाहरूः
चिसोका कारण रुघाखोकी लागेमा मानिसले बेसार तथा दुध मिसाएर खाएमा चाँडो निको हुन्छ। बेसार र दुध मिसाएर खाँदा शरीरका जोर्नी दुख्ने समस्या पनि हट्छ। यसबाहेक बाथरोगलाई पनि कम गर्दछ। दुध र बेसारको प्रयोगले हाम्रो शरीरमा भएका हानिकारक तत्व बाहिर निकाल्ने काम गर्दछ। यसले रगतमा भएको हानिकारक तत्व तथा कलेजोलाई सफा राख्न मद्दत गर्दछ।
दैनिकरुपमा एक गिलास दुधमा आधा चम्चा बेसार मिसाएर खाँदा प्रयाप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ। जसले गर्दा हड्डी स्वस्थ तथा मजबुत हुन्छ। बेसार हालेको दुध खाने हो भने क्यान्सरका कारण मानव कोषमा भएको डिएनएमा पर्ने असर वा हानीलाई रोक्दछ। भन्ने क्यान्सर उपचारमा प्रयोग गरिने केमोथेरापी प्रविधिको साइड इफेक्टलाई कम गर्दछ।
दुध र बेसार सेवनले कान दुख्ने समस्या पनि समाधान हुन्छ। शरीरमा रक्त सञ्चारलाई बढाएर कान दुख्ने पीडा कम हुने गर्दछ। यसले अनुहारलाई चम्किलो बनाउन सहयोग गर्दछ। बेसारमा दुध मिलाएर अनुहारमा लगाउने हो भने छाला चम्किलो हुन्छ। आयुर्वेदका अनुसार बेसार प्रयोग गर्ने हो भने हाम्रो रगत सफा हुन्छ। यसले रक्त सञ्चारलाई मजबुत बनाउनुका साथै रक्तनलीलाई सफा राख्दछ।
यसबाहेक रगत पातलो बनाउन पनि सहयोग गर्दछ। दैनिक एक गिलास दुधमा आधा चम्मा बेसार मिलाएर पिउने हो भने शरीरमा भएको अनावश्यक बोशो कम हुन्छ। यस कारण मोटोपन घटाउन पनि बेसार र दुध प्रयोग गर्न सकिन्छ। छालासम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउनका लागि बेसार हालेको दुध उपयोगी मानिन्छ।
दुध र बेसार मिलाएर सेवन गर्ने हो भने पेटसम्बन्धी विभिन्न रोग निको हुन्छन्। पखला लाग्ने, पेट दुख्ने, ग्याष्ट्रिक तथा अल्सर जस्ता समस्याबाट पीडित बिरामीलाई बेसार अमृत समान मानिन्छ। महिनावारी भएको बेलामा पेट दुख्ने समस्याबाट मुक्त हुन बेसार र दुध प्रयोग गर्न सकिन्छ।