काठमाडौं – नेपाली समाजमा एक अन्धविश्वास छ, शरीरमा अचानक निलो दाग देखिन्छ तव बोक्सीले टोकेको हाे भन्ने शंका हामी गर्दछाैँ। तर यस्तो दाग अनायसै देखापर्छ, अचानक दाग देखीनुकाे कुनै बाहिरी कारण भने हुँदैन। राती सग्लो सुतेको व्यक्तिको शरीरमा भाेलीपल्ट उठ्दा अचानक दाग देखिन्छ। न चोटपटक हुन्छ, न अरु केही,यसले स्वास्थ्यमा असर गर्छ त ? यसबारे थप जानकारी निम्न छन्।
निलो दाग बन्नुका कारणहरू
छालाको कुनै भागमा चोट लाग्दा रक्त नलिमा क्षति पुग्न गइ छालामा निलो दाग देखिने गर्छ। यस्तो चोटपटकले सम्बन्धित ठाउँमा रगत पनि जम्ने गर्दछ, र आसपासको कोशिकामा फैलिएर जान्छ याे भनेकाे चोट लाग्दा शरीरले देखाउने एक प्रकारको प्रतिक्रिया हो। यसलाई मेडिकल भाषामा भित्री चोट भन्ने गरिन्छ। तर, विना चोटपटक पनि यस्तो दाग हुन सक्छ।
भिटामिन र मिनरल्सकाे कमी
कतिपय भिटामिन र मिनरलले तरल पदार्थबाट रगत बनाउने र घाइते भएको ठाउँमा रगतपूर्ती गर्न महत्वपूर्ण भूमिका खेल्छन्। त्यसैले यसको कमी हुँदा छालामा निलो दाग देखिने गर्छ। भिटामिन ‘ के ’ ले रगत जमाउने काममा महत्वपुर्ण भूमिका खेल्छ। जसको कमीले पनि रगत जम्ने प्रक्रिया प्रभावित भई निलो दाग देखिने गर्दछ।
यसमा भिटामिन ‘ सी ’ को पनि भूमिका हुन्छ। भिटामिन ‘ सी ’ ले कोलोजन र अन्य घातक तत्वबाट बचाउनुका साथै रक्त नलीमा भित्री चोट लाग्नबाट जोगाउँछ। त्यसैले शरीरमा भिटामिन सीको कमीबाट पनि निलो दाग देखिन सक्छ। यस्तो अवस्थामा शरिरमा लागेको चोट निको हुन लामो समय लाग्ने गर्छ।
क्यान्सर वा किमोथेरापी
किमोथेरापीको अवस्थामा ब्लड प्लेटलेट्स ४ लाख भन्दा तल अउन सक्छ। यस्तो अवस्थामा शरिरमा पटक_पटक निलो दाग देखिने गर्छ। निलो दागलाई हेलचक्राई गर्नु हुँदैन। यस्तो दाग क्यान्सरको संकेतसमेत हुन सक्दछ।
कोलोजनको कारण
बंशाणुगत कारणले पनि छालामा निलो दाग देखिन भूमिका खेल्छ। कोलोजन नामक विकार तत्वको कारण समेत यस्तो समस्या हुन्छ। कोलोजनले कोशिका र रक्त नलीलाई कमजोर बनाउँछ र त्यस्ता नली सजिलै टुटेर जान सक्छन्। जसले गर्दा शरिरका कैयौँ ठाउँमा निलो दाग देखिने गर्छ।
बुढ्यौली
घरमा भएका बढी उमेरका मानिसको शरिरमा निलो दाग बसेको देख्नुभएकै होला। शरिरमा देखिने यस्तो निलो दाग रातो रङबाट शुरु हुने गर्छ। अनि पर्पल र गहिरो रङ भएर जान्छ, र विस्तारै निको हुन्छ। यसरी बढी उमेरका मानिसमा दाग देखिने मुख्य कारण भनेको रक्तनलीमा लामो समयदेखि लगातार परेको सूर्यको किरण हो। यस्तो किरणले रक्तनलीलाई कमजोर बनाउँछ।