एजेन्सी – साओमीको एमआई नोट टेन बजारमा सार्वजनिक हुने भएको छ। सन् २०१९ मा एमआई नोट नाइनमार्फत राम्रो बजार लिएको साओमीका लागि यो वर्ष पनि फलदायी हुने देखिएको छ। हालसम्म आएको जानकारी अनुसार कम्पनीले यो स्मार्टफोन आफ्नो देश चीनमा आउँदो फेब्रुअरीको पहिलो साता सार्वजनिक गर्नेछ।
यो रेञ्जमा अन्य ठूला कम्पनी एप्पल, सामसङ, ह्वावेले त्यस्तो कुनै आकर्षक स्मार्टफोन नल्याएको समयमा साओमीले एमआई टेन ल्याउने तयारी गरेको हो। जुन सामसङको हाइरेन्जको स्मार्टफोन ग्यालेक्सी एस इलाभेनभन्दा अघि सार्वजनिक हुने अपेक्षा गरिएको छ।
सामसङले ग्यालेक्सी एस एस इलाभेन फेब्रुअरीको अन्त्यतिर आयोजना हुने मोबाइल वर्ल्ड कंग्रेस २०२० मार्फत सार्वजनिक गर्ने उल्लेख छ। अहिलेसम्म बाहिरिएको जानकारी अनुसार एमआई टेनमा १ सय ८ मेगापिक्सेलको मूख्य क्यामरा रहेको छ। जसमा ४८, १२ र ८ मेगा पिक्सेलको अन्य तीन क्यामरा रहेका छन्।
जसको मूल्य ६ सय ५० अमेरिकी डलर अर्थात ७३ हजार रुपैयाँ हुनसक्ने आँकलन गरिएको छ। यद्यपी स्टोरेज क्षमताका आधारमा यसको मूल्य फरक पर्न सक्नेछ।