एजेन्सी– अतरिक्ष यात्री जसमिन मोघबेली नासाको अन्तरिक्ष मिसनको लागि तयार भएकी छिन्। चन्द्रमा वा शुक्र ग्रहको मिसनमा जाने उनी पहिलो इरानी मुलकी अमेरिकी नागरिक हुन्।
न्यू योर्कको बाल्डविनमा हुर्केकी उनले अफगानिस्तानको लागि हेलिकप्टर गनसिप पायलटको रुपमा १५० मिसन पुरा गरिसकेकी छिन्। ३६ वर्षीय जसमिनले मस्साचुसेट्स इस्टिट्युट अफ टेक्नोलोजीबाट सूचना प्रविधिको साथ एयरोस्पेस इन्जिनियरिङमा स्नातक गरेकी हुन्।
१५ वर्षको उमेरमा उनी एक स्पेस क्याम्पमा गएका थिए, जँहाबाट उनको चन्द्रमा पुग्ने सपना सुरु भयो। नासाले १८ हजार आवेदनमा मोघबेलीसमेत ११ जना छनोट गरेको छ।