राजविराज– सप्तरीको राजविराजस्थित एनआईसी एसिया बैंकमा अज्ञात समूहले मङ्गलबार बिहान राखेको बम नेपाली सेनाको टोलीले निस्कृय पारेको छ।
बैंक खुलेसँगै कार्यालयको भ¥याङमा राखिएको बमबारे कर्मचारीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। जानकारी पाएलगत्तै घटनास्थल पुगेको राजविराजस्थित नेपाली सेनाको भिमदल गणको बम डिस्पोजल टोलीले बम निस्कृय पारेको हो।
प्रमुख सेनानी गुप्तबहादुर कुँवरका अनुसार तर्साउनका लागि राखिएको होब्स बम प्राविधिक टोलीले बैंकभित्रै राखिएको स्थानमा विस्फोट गरेर सफलतापूर्वक निस्कृय पारेका छन्। विस्फोटले केही क्षति भएको छैन।
बम राखिएसँगै मानिसमा त्रास फैलिएको थियो। २ घण्टासम्म बजारमा यातायातसमेत प्रभावित भएको थियो।