एजेन्सी– सिईएस २०२० को अवसर पारेर टेस्लासुटले भर्च्यूअल रियालिटी (भीआर) ग्लब्स सार्वजनिक गरेको छ। टेस्लासुटले सिईएस २०२० शोमा आफ्नो भीआर ग्लब्स प्रदर्शन गरेको हो।
टेस्लासुट ग्लब्स नाम दिएको यो प्रोड्क्टले युजरको पल्स ट्रयाक गर्दछ र भर्चुअल अब्जेक्टलाई छोएको र समातेको महसुस पनि गराउँदछ। यसले युजरलाई भर्चुअल टेक्चरको फिलिङ्गको साथसाथै बायोमेटिक डाटा पनि संकलन गर्दछ।
यसलाई ट्रेनिङ्ग, मेडिकललगायत धेरै प्रोफेशनल एप्लीकेशनहरुमा प्रयोग गर्न सकिन्छ। कम्पनीका अनुसार यसमा कयौं टेक्नोलोजीको प्रयोग भएको छ, जसको सहयताले वस्तुलाई समातिएको मात्र नभई छोएको समेत अनुभुति गर्न सकिन्छ।
यसले हातको मोसनलाई क्याप्चर गर्दछ, साथै पल्स लगायत अन्य बायोमेट्रिक जानकारीहरुलाई एकत्रित गर्दछ। यसअघि कम्पनीले पुरै शरिरको लागी टेस्लासुट पनि बनाएको थियो।