सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ तातोपानीमा कलाछे स्थानमा सोमबार बेलुका झरेको सुक्खा पहिराले भैरवकुण्ड विद्युत् आयोजनामा क्षति पुगेको छ। क्षति पुगेसँगै ३.१ मेगावाट विद्युत् उत्पादनसमेत बन्द भएको छ।
पहिराेबाट कार्यालय भवन, बाँध र एक स्काभेटरसमेत पुरिएका छन्। करीब २ सय ५० मिटर लम्बाइ र १ सय ५० मिटर चौडाइको उक्त पहिराबाट भैरवकुण्डस्थित लार्चाखोलाको तीन भाग पानीमध्ये एक भाग थुनिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। (रासस)