एजेन्सी – बजाजले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर चेतकलाई भारतीय बजारमा सार्वजनिक गर्दै आजबाट बिक्री कार्य सुरु गरेकाे छ। उक्त स्कुटर उत्पादन गरेर करिब १४ वर्षपछि बजाजले पुनः स्कुटर बजारमा पाइला राखेको हो।
कम्पनीले ल्याएको पहिलो इलेक्ट्रीक स्कुटर चेतकमा राउन्ड हेडल्याम्पसँगै हर्ष सुज सेप एलइडी डिआरएलएस ल्याम्प दिएको छ। यसमा, एप्रोन माउन्टेड एलइडी साइड टर्न इन्डिकेटर लगाइएको छ भने, फक्स एयरभेन्ट जोडिएको छ।
यसमा उपलब्ध राउन्ड सेपको फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरले चालकलाई स्कुटरको अवस्थाबारे सूचना दिने गर्छ। यसमा स्प्लिट स्टाइल एलइडी टेलल्याम्प र इन्स्ट्रुमेन्ट क्लस्टरमा ब्ल्युटुथ कनेक्टीभिटीको फिचर दिइएको छ। चालकले आफ्नो स्मार्टफोनमा स्कुटर नेक्ट एप जोड्न सक्ने छन्। यसले, मोबाइलमा आएको कल, म्यासेज नोटिफिकेशन, टर्न वाइ टर्न नोटिफकेशन डिस्प्लेमा देखाउने गर्छ।
स्कुटरमा रहेको इन्स्ट्रुमेन्ट क्लस्टरको डिप्लेमा ब्याट्री रेन्ज, स्पीड, सर्भिस इन्डिकेटर र टाइमको सूचना देखापर्छ । साथै, स्कुटरमा प्रिमियम लुकिङको ब्याक लिट स्विच गियरको विशेषता दिइएको छ।
यसमा १२ इन्चको एमआरएफ ज्यापर के अलोय ह्वील लगाइएको कम्पनीले जनाएको छ। चेतकको फ्रन्ट साइडमा सिंगल साइडेड टेलिस्कोपिक सेटअप र रियरमा सिंगल साइडेड स्प्रिंग सेटअप दिइएको छ। फ्रन्ट साइडमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक लगाइएको उक्त स्कुटरमा चालकको सुरक्षाको लागि सीबीएसको फिचर दिइएको छ।
कम्पनीले चेतकमा ४ किलोवाटको इलेक्ट्रीक मोटर लगाएको छ। साथै, यसमा वाटर र डस्ट प्रुफ आइपी ६७ ब्याट्री प्याक लगाइएको छ। ५–१५ एम्पीयर विद्युत क्षमता भएको हाउस होल्ड चार्जरबाट ब्याट्री चार्जगर्न सकिने कम्पनीले जनाएको छ। यसले एक पटकको चार्जमा ९५ किलोमिटरसम्म रेञ्ज प्रदान गर्ने बताइएको छ।
बजाजले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटरलाई ब्ल्यु, रेड, ह्वाइट, सिल्भर, बेज र ब्ल्याक गरि ६ कलर अप्सनमा उपलब्ध गराएकाे छ। कम्पनीले यसको सुरुवाती मूल्य १ लाख भारतीय रुपैयाँ निर्धारण गरेको छ भने टप भेरियन्टको मूल्य १ लाख १५ हजार भारु निर्धारण गरेको छ।