एजेन्सी — चीनमा विश्वको सबैभन्दा ठूलो र संवेदनशील रेडियो टेलीस्कोप ३ वर्षको परिक्षणपछि शुरु भएको छ। गुइझोउ प्रान्तमा स्थापित टेलीस्कोप २० वर्षमा निर्माण भएर तयार भएको हो।
सेप्टेम्बर २०१६ देखी यो परिक्षणमा रहेको थियो। राष्ट्रिय विकास र सुधार आयोगका अधिकारी शेन जुलीनका अनुसार यसलाई विश्वभरका खगोलविदहरुका लागि खुला गरिनेछ। यो टेलिस्कोप प्युर्टोरिकाको अरेसिबो अब्जरभेटरी भन्दा २.५ गुणा संवेदनशील रहेको छ। प्युर्टोरिकास्थित अब्जरभेटरीमा विश्वका दोस्रो सबैभन्दा ठूलो सिङ्गल—डिश रेडियो टेलीस्कोप स्थापित छ।
यसको मुख्य उदेश्य सुदुर अन्तरिक्षमा जीवनको खोज गर्नुका अलावा एलियन्सको खोज गर्नु पनि हो। चीनको टेलीस्कोप एक सेकेन्डमा ३८ गीगाबाइट–जीबी) डाटा जुटाउन सक्षम छ। यसलाइ ‘फाइभ हन्ड्रेड मिटर अपर्चर स्फेरिकल रेडियो टेलीस्कोप’(फास्ट) नाम दिइएको छ। ‘फास्ट’को अन्तरिक्ष रेन्ज ४ गुणा बढी रहेको छ।
यसका केही विशेषताहरु
— एक सेकेन्डमा ३८ जीबी डाटा जानकारी संकलन गर्छ
— ४४५० प्यानल लगाइएको छ
— यसलाई निर्माण गन १९३१ करोड रुपैयाँ खर्च आएको छ
— यसको आकार ३० फुटबल मैदान बराबरको रहेको छ