एजेन्सी– इलियाना डिक्रुजलाई बलिउडकी विन्दास अभिनेत्री पनि भन्ने गरिन्छ। उनी प्राय चर्चामा रहिरहन्छिन्।
मिडियामा पनि खुलेर बोल्ने इलियानाले आफू ट्रोल हुँदा ट्रोलरलाई जवाफ मात्र फर्काउँदिनन्, सामाजिक सञ्जालमा आफ्नै मजाक पनि उडाउँछिन्।

हालै उनी यस्तै गरी देखिइन्। इलियनाले एक इन्स्टाग्राम पोस्टमा तस्वीर र भिडियो शेयर गरेकी छिन्। भिडियोमा उनले फरक–फरक खालको भाव देखाएकी छिन्।उनले आफ्नो अनुहारको भावलाई लिएर आफैले पनि मजाक उडाएकी छिन्। उनले लेखेकी छिन् – के मैले कहिल्यै स्ट्रेट फेस राख्न सक्छु?
फ्यानले उनको तस्वीरमा कैयन् कमेन्ट गरेका छन्। फ्यानले कमेन्टमा मजाक पनि गरेका छन्। इलियाना आफैले पनि यसलाई रमाइलाका रुपमा लिएकी छिन्।