एजेन्सी– इंग्ल्याण्ड क्रिकेट टिमका तिव्र गतिका बलर जोफ्रा आर्चरलाई रंगभेदी दुर्व्यवहार गर्ने एक क्रिकेट समर्थकलाई २ वर्षको प्रतिबन्ध लागेको छ।
न्यूजिल्यान्ड क्रिकेटले आर्चरलाई दुर्व्यवहार गर्ने समर्थकलाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्रिकेट हेर्न दुई वर्षको प्रतिबन्ध लगाएको हो। उनले अब दुई वर्षसम्म न्यूजिल्यान्डमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल मैदानमा गएर हेर्न पाउने छैनन्।
गत नोभेम्बरमा न्यूजिल्यान्डविरुद्धको पहिलो टेष्ट दौरान ती व्यक्तिले आर्चरलाई दुर्व्यवहार गरेका थिए। २८ वर्षीय ती व्यक्तिको नाम भने गोप्य राखिएको छ। टेष्ट अन्तिम दिन समर्थकले दुर्व्यवहार गरेपछि आर्चरले प्रहरीमा रिपोर्ट गरेका थिए।