काठमाडौं – चिसो बढे संगै केटाकेटी र बुढाबुढीको स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्दछ। यसैगरी दम तथा मुटुरोगबाट ग्रसित विरामीले पनि यो मौसममा विशेष सावधानी अपनाउनुपर्छ। चिसो सुरू भएसंगै अस्पतालहरूमा मुटुजन्य समस्या लिएर आउनेको संख्या बढदै गएको छ। हार्टएट्याक , हार्टफेल तथा व्लडप्रेसरका विरामीहरूको संख्यामा निकै बढ्दै गएकाे पाइन्छ।
चिसाेले पर्ने असर
चिसो मौसममा रगत जम्न सक्ने खतरा धेरै हुन्छ। बाहिरी नसाका रगतहरू भित्री नसामा प्रवेश गर्दा त्यसको चाप बढ्ने गर्दछ। भित्री नसामा रगतको बाडी जस्तो हुन्छ। यसको प्रत्यक्ष असर मुटुमा पर्न जान्छ र मुटुका धमनीहरूले काम गर्न सक्दैनन्। मुटुमा रक्तप्रवाह असन्तुलित हुनासाथ त्यसले रक्तचाप बढाउने काम गर्छ। त्यतिमात्रै नभइ चिसोकै मौसममा रगत जम्ने सम्भावना बढी हुन्छ।
रगत जम्ने मात्रै होइन धमनिहरू समेत कडा हुन्छ। कहिले काही यसैको प्रभावले रक्त प्रवाहमा अवरोध उत्पन्न हुन्छ। यसबाट समेत व्लड प्रेसर बढ्न सक्छ। जव रगत प्रवाहमा अवरोध हुन्छ। यसले हार्ट एट्याक, हार्टफेल तथा स्ट्रोक (मस्तिष्क घात) हुन सक्छ। चिसोकै बेला बाथ मुटुराेग समेत हुन सक्द। त्यसैले केटाकेटीमा घाटी दुख्ने टन्सिल बढने र त्यसैको असरले बाथ मुटु हुने समस्या देखापर्छ।
त्यसैगरी चिसोले फोक्सोमा असर गरी त्यसले निमोनिया हुने सम्भावना रहन्छ। बालक तथा वृद्धहरुका लागि चिसोको कारणले हुने निमोनिया जोखिम युक्त नै हुन्छ। फोक्सोमा असर हुने त छदैछ कहिले काही फोक्सोको असरले मुटुमा समेत अप्ठेरो पार्न जान्छ।
चिसाेबाट बच्न अपनाउनुहाेस् यस्ता उपाए
मुटुरोगीहरू जाडो बढेका बेला मर्निङवाकमा ननिस्कने, मुटुरोगीले नियमित स्वास्थ्य परीक्षण गर्ने, व्यायम गर्न परे घरभित्रै गर्ने, शरीरमा चिसो पैतलाबाट घुस्ने हुनाले बाक्ला मोजा लगाउने गर्नुपर्छ। छातीतथा फोक्सोमा चिसो घुस्न नदिन न्यानो कपडा लगाउने, खुट्टामा चिसो रहे शरीर नतात्ने हुनाले खुट्टाको पैतला तताउन बल गर्ने, खुट्टा नताते तातोपानीमा डुवाउने, हडवाटर व्यागले सेक्ने। तेल तताएर पैतालामा विशेष मालिस गर्ने, विहानको घाममा ढाड फर्काएर बस्ने, शरीरमा बाक्ला कपडा लगाउने र बस्ने कोठामा भयान्टीलेसन राखेर हिटर ताप्न सकिन्छ।