काठमाडौं– हामी आँखालाई सुन्दर तथा आकर्षक बनाउने धेरै प्रयास गर्छौं। आँखाको मेकअप भन्ने बित्तिकै मस्करा लाई बिर्सन हुँदैन। मस्कराको प्रयोगले हामी आफ्नो आँखालाई सुन्दर बनाउन सक्छौं। बजारमा विभिन्न प्रकारका मस्काराहरु पाउँछन्।
खासगरी वाटर रेसिस्टेन्ट वा वाटर सोल्युवल मस्कारा चल्तिमा छन्। त्यस्ता मस्करामा भिटामिन तथा तेल मिसाइएको हुन्छ। मस्कराकाे प्रयोगले आँखाको परेलालाई जोगाउछ, भने परेलाले पोषण पनि पाउँछ।
आफ्नो परेलालाई लामो देखाउने शैलीको मस्कारा पनि बजारमा उपलब्ध छ। उक्त मस्कारालाई लेन्थनिङ मस्कारा भनिन्छ।तपाईंको परेला छोटो छ भने मस्काराले परेलालाई लामो देखाउन मद्दत गर्छ। यदि तपाईं राति आयोजना हुने पार्टीमा सहभागी हुनुपर्नेछ भने यो मस्काराले तपाईंलाई आँखालाई चमक प्रदान गर्छ।
विशेष गरी तपाइलाई परेला लामो बनाउनुछ भने, थिकनिङ मस्कारा लगाउनुपर्छ। तपाईंको परेला पातलो छ भने यो मस्कारा तपाईंका लागि अति नै उपयुक्त हुन्छ। बजारमा विभिन्न रंगका मस्काराहरु उपलब्ध छन्।
तर प्रायः सबैको रोजाइमा पर्ने मस्कारा भने कालो रंगको हुन्छ। त्यसो त कालो रंगको मस्काराको विकल्पमा खैरो रंगकाे पनि उपलब्ध छ। यसबाहेक तपाईंले अवसर र मौसम अनुसार कालो, खैरो, चकलेटी आदि रंगका मस्कारासमेत प्रयोग गर्न सक्नुहुन्छ।
मस्कारको उचित प्रयोग
गुणस्तरको मेकअप रिमुवर प्रयोग गर्नुपर्छ। त्यसो गर्नुभयो भने तपाईंको परेला प्राकृतिक देखिन्छ। कपासमा बेबी ओयल लगाएर मस्कारा सफा गर्नुपर्छ। मस्कारा सुकेपछि स्पाइरल ब्रसले परेलालाई मिलाउनुपर्छ। त्यसरी सफा गर्दा मस्कारा एकै ठाउँमा जम्मा हुन पाउँदैन।
तल्लो परेलामा मस्कारा लगाउँदा मस्कारा नफैलियोस् भनेर परेलाको ठिक मुन्तिर पाउडर लगाउनुपर्छ। यदि तपाईंंसँग सानो ब्रस छ भने आँखाको कुनासम्म मस्कारा लगाउन सजिलो हुन्छ। आँखामा आइस्याडो र आइलाइनर लगाएपछि मात्र मस्कारा प्रयोग गर्नुपर्छ।
मस्काराको प्रयोग परेलाको जरादेखि टुप्पोसम्म राम्ररी गर्नुपर्छ। मस्काराको ब्रसमा आवश्कयता भन्दा बढी मस्कारा लागेको छ भने त्यसलाई टिस्यु पेपरले सफा गरेपछि मात्र प्रयोग गर्नुपर्छ।