काठमाडौं — चन्द्रागिरी नगरपालिका(२ नागढुंगाबाट अवैध लागूऔषध चरेश १ किलो १५ ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा रामेछाप उपकुण्ड गाउँपालिका(२ बस्ने २३ वर्षीय फुर्वा शेर्पा र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय जिव छिरीङ शेर्पा रहेका छन्। गस्तीमा खटिएको प्रहरीले बा.४९ प ९८४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
ललितपुर, गोदावरी नगरपालिका(९ जल्खु मोडबाट रुपन्देही बुटवल घर भई हाल भक्तपुर लोकन्थली बस्ने २० वर्षीय विकास कलेड लगायत ५ जनालाई २ केजी ६० ग्राम अवैध लागूऔषध गाँजा सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग चुनिखेलबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।